बस चालकलाई कारबाही र क्षतिपूर्ति माग राख्दै हुलाकी सडक अवरुद्ध

दाङ- दाङमा बस र माेटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाकाे मृत्यु भएपछि घटनामा संलग्न बस चालकलाई कारबाही र उचित क्षतिपूर्तिकाे माग राख्दै हुलाकी राजमार्ग अवरुद्ध गरिएको छ भने पूर्व पश्चिम राजमार्ग अवरुद्धकाे प्रयास गरिएको छ ।

मृतक परिवारका सदस्य तथा आफन्तहरुले मृतक व्यक्तिकाे शव उठाउन दिएका छैनन् । आन्दोलन उग्र बन्न थालेकाे छ । राजपुर गाउँपालिका वडा नम्बर ५ नौंसहरा निवासी २३वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी २४ वर्षीय प्रदिप यादवको मृत्यु भएको छ ।

शनिबार बेलुका राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा विचमा रहेको कोरिया खोलापुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.