नेपालले आयरल्याण्डलाई दियो १ सय ९९ रनको लक्ष्य

काठमाडौँ- नेपालले आयरल्याण्डलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । दोस्रो टि-२० क्रिकेट प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो ।

काठमाडौको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भैरहेको खेलमा नेपालका कुशल भुर्तेल २५, अनिल शाह १२ र आशिफ शेख ११ रन बनाए । यसैगरि कप्तान रोहित पौडेलले ३३ तथा कुशल मल्लले ३४ रन बनाएका थिए ।

नटआउट रहँदै सन्दिप जोराले २१ र विशाल यादवले ७ रन बनाए । आयरल्याण्डकालागि म्याथ्यु फोस्टर र बेन ह्वाइटले २-२ तथा फियोन ह्यान्ड र ग्याभिन होएले १-१ विकेट लिए । अहिले आयरल्याण्डले ब्याटिङ गरिरहेको छ ।

सोमबार भएको पहिलो टी–२० खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.