पश्चिम नवलपरासीमा गएराति परेको असिनापानीबाट अन्नबालीमा क्षति

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीमा गएरातिको असिना सहितको वर्षाले अन्नबालीमा ठुलो क्षति पुगेको छ । अधिकांश किसानको खेतमा पाक्न लागेको गहुँमा असिना पानीले क्षति पुर्‍याएको हो । गहुँसहित तरकारीबाली, मसुरो, तोरी, मकैमा पनि वर्षाका कारण क्षति पुगेको किसानहरुले बताएका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्रनाथ चौबेका अनुसार जिल्लामा २५ प्रतिशत गहुँबालीमा वर्षाले क्षति पुर्याएको छ । अझै क्षतिको एकिन विवरण प्राप्त हुन बाँकि रहेको छ । जिल्लाका सातै स्थानिय तहमा वर्षाले अन्नबालीमा नोक्सानी पुर्याएपनि सुनवल र रामग्राममा बाढी क्षति पुगेको छ ।

ज्ञान केन्द्रले विवरण संकलन गरेर पनि राहत वितरण गर्न सक्ने अवस्था नरहेको भन्दै क्षतिको अनुमान मात्रै गर्दे आएको छ । रामग्राम नगरपालिकाले वडा मार्फत अन्नबालीमा पुगेको क्षतिको विवरण संकलन गर्न लगाईएको नगर प्रमुख धनपत यादवले बताउनुभयो । विवरण प्राप्त भएपछि किसानलाई कसरी राहत दिन सकिन्छ भन्ने बारे योजना बनाईने यादवले बताउनुभयो ।

केहि दिन अगाडी मात्रै जल तथा मौसम विज्ञान कार्यालयले सुनवलमा स्थापना गरेको वर्षामापन केन्द्रका अनुसार गएराती त्यस क्षेत्रमा १ सय ४३ मिलिमिटर वर्षा भएको छ ।

वर्षापछि सुनवल १२ सृजनाटोलको १५ घर सुकुम्बासी बस्तीमा भुमहि खोलामा आएको बाढि पसेको थियो । मानिसहरु घर बाहिर निस्कीएर बाँच्न सफल भएपनि अन्नपात बाढिले बगाएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । यसैगरी जर्गाहामा एउटा कार खोलाले बगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.