विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ –  अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपियाँको भ्रष्टाचार मुद्दा दर्ता गरेको  छ।

आयोगले सापकोटा सहित तत्कालीन भन्सार अधिकृत नक्कुल शर्माले २०७९ माघ १० गते नयाँ प्रज्ञापन पत्र एम ४०५६ दर्ता गरी गराइ २०७९ माघ ११ मा सुरु घोषणा गरेको अमेरिकी डलरमा मूल्य थप गरी गराइ भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार जम्मा लाग्ने राजस्व रकम बढी म लिएको र पैठारीकर्ता देव इन्टरनेशनल प्रा. लि.को समान जाँचपास गरेको देखिएको आएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

प्रज्ञापन पत्र नम्बर एम ७२६ को आधारमा नै मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई ८४ लाख ५५ हजार ६०५ रुपियाँ गैरकानुनी लाभ लिएको पुष्टि भएकोले उनीहरुविरुद्ध चुहावट राजस्व रकमको दोब्बर जरिवाना मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, देश इन्टरनेशनल प्रा.लि.का सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टको प्रतिनिधि सरनकुमार खरेल समेतको संलग्नतामा मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई ८४ लाख ५५ हजार ६०५ रुपियाँ गैरकानुनी लाभ र नेपाल सरकारको चुहावट भएको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादीहरूलाई हुने सजायको मागदाबी लिएर मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.