कतारको दोहामा मधेशी एकता समाजले मनायो होली

काठमाडौं- मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते होली महोत्सव धुमधामका साथ मनाएको छ ।
तराईमधेशमा होली मनाइएको दिनको अवसर पारेर एकता समाजले सोमवार परम्परागत तरिकाले रंगहरुको पर्व मनाएको हो ।
मुस्लिमहरुको पवित्र रमजान महिना अहिले जारी रहेकोले होलीसँगै उनीहरुले इफ्तार कार्यक्रम समेत राखेका थिए ।
होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरुले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । यस्तै उनीहरुले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवालगायका मधेशका परिकार उनीहरुले पकाएर खाएका थिए ।






प्रतिक्रिया राख्नुहोस्