बुटवलको तिनकुनेमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते, दुई जना पक्राउ

बुटवल- बुटवलको तिनकुनेमा चक्कु प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् । स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर-३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार घटना लगत्तै थापालाई उद्दार गरी लुम्बिनी प्रादेशीक अस्पताल पुर्‍याइएको छ । चक्कु प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगर-३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।

पक्राउ परेका दुईजनामाथि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.