ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेर एक जनाको मृत्यु

भक्तपुर- ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगरको उपचारका क्रममा आज मृत्यु भएको हो ।

मंगलबार रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन ।

किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनापछि उनलाई धुलिखेलपछि मंगलवार राती किर्तिपुर लागिएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.