बागमती प्रदेशमा सरकार बिस्तार, जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमत जुट्यो

मकवानपुर- बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टी दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई लिएर सरकार बिस्तार गर्नुभएको छ ।

बिहीबार साँझ प्रदेश प्रमुख यादव शर्माले हानेपा संसदीय दलका नेतासंस्कृति पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । बज्राचार्यले मातृभाषा नेपाल भाषामा सपथ लिनुभयो ।

सपथग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै बागमती प्रदेशलाई अनिर्णयको बन्दी बनाउन नहुने भएकाले सरकारमा सहभागी भएको बताउनुभयो । हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएसँगै जम्कट्टेल नेतृत्वको सरकारले बहुमत प्राप्त गरेको छ ।

सरकार बनाउन ५६ सांसद आवश्यक पर्नेमा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत थियो । हानेपाको बागमती प्रदेशमा दुई सांसद रहेका छन्। यसअघि बिहीबार साँझ बसेको चाल दलको बैठकले बागमती प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेको थियो् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच प्रदेश सभाको बाँकी समय सहकार्य गर्ने लगायत ५ बुद्धे सहमती गरेका हुन् । सहमती अनुसार बाँकी कार्यकाल दलहरुबीच आलोपालो गरी प्रदेशको नेतृत्व लिने जनाइएको छ ।

सहमतीपत्रमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका दलका नेता शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.