ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजना पक्राउ

मकवानपुर- ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । नेपाल आयल निगम, अमलेखगन्जबाट डिजेल लिएर काठमाडौंको जाँदै ट्यांकर हेटौँडा उपमहानगरपालिका-९ स्थित नवदुर्गा आयल स्टोरको कम्पाउन्डभित्र रोकेर डिजल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ना ७ ख २७९४ नम्बरको सोही ट्यांकरका चालक पर्सा जिलला वीरगन्ज महानगरपालिका- ११ श्रीपुरका ४९ वर्षीय आलम हवारी र भारत मोतिहारी श्रीरामपुर घर भई हाल हेटौँडा- ९ नवदुर्गा आयल स्टोरमा कार्यरत वर्ष ३० का वीरेन्द्र साह रहेका छन् ।

ट्यांकरबाट करिब ४० लिटर डिजेल निकालेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ट्यांकरसहित पक्राउ परेका दुवैजनालाई काठमाडौंस्थित थानकोट डिपो पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.