लुम्बिनी प्रदेशमा यस वर्ष पाठ्यपुस्तक अभाव नहुने

रुपन्देही- नयाँ शैक्षिक सत्रको लागि भर्ना हुने विद्यार्थीलाइ पाठ्यपुस्तक अभाव हुने पिरलोले सताईरहेको छ । विगतका वर्ष सययमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्नु विद्यार्थीको नियति नै बनिरहेका बखत लुम्बिनी प्रदेशमा भने पाठ्यपुस्त गएको वर्षको तुलनामा अझै सहज हुने अपेक्षा मात्रै गरीएको छैन प्रदेशका दुर्गम तीन जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ ।

नेपाल सरकारको पूर्ण स्वमित्व भएको जनक शिक्षा सामाग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले आगामी शैक्षिक सत्रमा लुम्बिनी प्रदेशमा पाठ्यपुस्तकको अभाव नहुने जनाएको छ ।

अहिले पाठ्यपुस्तक गोदाममा शतप्रतिशत आइसकेको र पाठ्यपुस्तक वितरकसँग किताबको माग संकलनको काम सकेर वितरण सुरु भैसकेको जनक शिक्षा सामाग्री केन्द्र लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका कार्यालय प्रमुख विनय श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी प्रदेशभित्रका दुर्गम जिल्लालाई प्राथमिकताको आधारमा पाठ्यपुस्तक वितरण गरिएको क्रमश, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा गुल्मी जिल्लालाई प्राथमिकताको आधारमा वितरणमा सुरु भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यहि चैत्र १३ गतेबाट पाठ्य पुस्तक वितरणको भैरहेको र तिन जिल्लामा पाठ्य पुस्तक शतप्रतिसत वितरण भैसकेको छ । प्रादेशिक कार्यालय बुटवलले गत बर्षको शैक्षिक सत्रमा झण्डै १३ लाख ८१ हजार सेट पुस्तकवितरण गरी १८ करोड बढीको पुस्तक विक्रि गरेको र यसबर्ष १५लाख ७८ हजार सेट विक्रिगर्ने लक्ष रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

विगतका शैक्षिक सत्रमा कोभिड महामारीका कारण असहज बनेको पाठ्यपुस्तक वितरण आगामी शैक्षिक सत्रको लागि सहज हुने अपेक्षा हुने गरि ब्यवस्थापन मिलाईको छ । यता पाठ्यपुस्तक ब्यवसायिले पनि समयमै किताब विद्यार्थीलाई दिने सक्ने अवस्थामा रहेको नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायीले बताएका छन् ।

सधैं आधाआधी शैक्षिक सत्र सकिएपछि हातमा किताव पाउने विद्यार्थीलाई समयमै पाठ्यपुस्तक नपाउँदा सास्ती खेप्नु परेको थियो । यसपटक समयै किताव छापिएकाले आगामी दिनमा पाठ्यपुस्तकको बजारमा अभाव नहुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.