प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउँदै

मकवापुर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउनुहुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा आउन लाग्नुभएको हो ।

आज र भोली दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले बताउनु भयो । उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतको उपस्थिति रहने उहाँले जानकारी दिनुभयो । साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने उहाँले बताउनु भयो ।

निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । साधारण सभाका लागि १ करोड खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.