बागमतीमा मुख्यमन्त्रीले १९ चैत्रमा विश्वासको मत लिदैं

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत्र १९ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

शुक्रबार नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसले फागुन २३ गते जम्कट्टेल नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो । बागमती प्रदेश सभामा १ सय १० सदस्य रहेका छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ ।

बिहीबार हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्रमान बज्राचार्य प्रदेश सरकारमा सहभागी भएसँगै मुख्यमन्त्रीको पक्षमा ५६ मत रहेको छ । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । यस अघि तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपरको थियो ।

जम्कट्टेल बागमती प्रदेश सरकारको दोस्रो कार्यकालको लागि २०७९ पौष २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.