त्रिशुली ट्क्याक्सी दुर्घटना अपडेटः पाँच जनाको मृत्यु, एकजना हराईरहेको आशंका

धादिङ- पृथ्वी राजमार्गमा आज विहान भएको सवारी दुर्घटनामा परी एक  बालकसहित पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको आशंका गरिएको छ ।

काठमाण्डौबाट गोर्खातर्फ जाँदै गरेको चितवनको ईच्छाकामना गाउँपालिकास्थित वडा नम्वर ५ को मुग्लिङ बजार नजिकै भएको हो ।  ट्याक्सी सडकबाट करिव पचास मिटर तल त्रिशुली नदीमा खसेर  दुर्घटनामा परेको हो ।

बा२ ज ४१९६ नम्वरको सो ट्याक्सी दुर्घटनाको कारण भने खुलेको छैन । मृतक कसैको पनी शनाखत नभएको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ । बेपत्ता भएको आसंकामा एक जानको खोजी कार्य भईरहेको छ ।

दुर्घटनाको खबरलगत्तै इृलाका प्रहरी कार्यालय मुग्लिङ र शसस्त्र प्रहरी बल नेपाल विपद ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली घटनास्थलमा पुगेर नदीमा खसेको ट्याक्सी निकालेको थियो । मृत्यु भएका मध्ये एक बालक, तीन महिला र एक पुरुषसहित पाँच जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.