गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौँ- त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो ।
गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९८ रन बनायो । गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए । यस्तै हेमाङ्ग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाइले ११ तथा स्मित पटेलले १० रन बनाए ।
बलिङतर्फ नेपालका गुल्सन झाले चार, करण केसीले तीन तथा सोमपाल कामीले एक विकेट लिए ।
नेपालले ९९ रनको विजयी लक्ष्य १५ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पुरा ग¥यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए । यस्तै  अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ तथा आसिफ शेखले १६ रन बनाए ।
बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले  एक एक विकेट लिए । नेपालले दोस्रो खेल  मङ्गलबार भारतको बरोडा क्रिकेट सङ्घसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.