इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय

काठमाडाै‌ – नेपाली कांग्रेसले उप-निर्वाचनकालागि उम्मेदवार टुंग्याएकाे छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ र बझाङ प्रदेशसभा १ कालागि उम्मेदवार टुंग्याएकाे हाे । इलाममा यसअघि कै उम्मेदवार डम्बर खड्का र बझाङ प्रदेशसभा १ अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उप-सभापति धनराज गुरुङले जानकारी दिनुभयाे ।  ।

यसअघि हिजाे बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गर्नुभएकाे थियाे । संसदीय बोर्डको निर्णयलाई आजै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।

वैशाख १५ मा हुने उप-निर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.