परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौँ-परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा उहाँहरुबीच भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुसी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटमा आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे समेत छलफल भएको जानकारी दिइएको छ ।
उहाँहरुबीच नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई आगामी दिनमा थप गतिशील बनाउँदै पारस्परिक हितका आधारमा सहकार्य अघि बढाउने विषयमा कुराकानी गर्नुभएको सचिवालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्