अन्तर-प्रदेश पुरुष कवड्डी प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई

सुनवल- पश्चिम नवलपरासीको सुनवलमा भएको अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।

फाइनल खेलमा सुदुरपश्चिमलाई २८ अंकका विरुद्ध ६३ अंकले पराजित गर्दै लुम्बिनी प्रदेशले उपाधि हात पारेको हो ।

विजेता बनेसँगै लुम्बिनीले नगद १ लाख ५० हजार र उपविजेता सुदुरपश्चिम प्रदेशले १ लाख नगदसहित शिल्ड र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगितामा लुम्बिनीका घनश्याम रोका म्यान अफ द म्याच बन्न सफल भएका छन् ।

उनले विभिन्न अन्तर्राष्ट्रिय कवड्डी प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन् ।

त्यसैगरी सेमिफाइनल पुगेका मधेस र वागमती प्रदेशले समान ५०-५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगिताको विजेता समुह र विभागीय टोलीका उत्कृष्ट खेलाडी समाहित गरेर बंगलादेशमा हुने वंगबन्धु अन्तर्राष्ट्रिय कवड्डी प्रतियोगितामा खेलाडी सहभागी गराइने प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिनुभयो ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दे लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले कवड्डीले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै उपाधि हासिल गर्न सफल भएको भन्दै सरकारले यसको प्रर्वद्धनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति नवलपरासीको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेश सरकारको सहयोग रहेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.