दुई दिनदेखि बस्तीमा रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइयो

माडी- बाँदरझुल्लामा बस्तीको बिचमा रहेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले डार्ट गरि नियन्त्रणमा लिएको छ ।
दुई दिनदेखि पशु चौपाय मारेर बस्तीमै बसेको बाघलाई आज बिहान नियन्त्रणमा लिईएको चितवन निकुञ्जका संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो ।
शनिबार दिउँसो बस्तीको बिचमै आएर बाघ बसेपछी स्थानीयले निकुञ्जका कर्मचारी पठाईदिन आग्रह गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्