पोखरामा आलु महोत्सव सुरु

कास्की- पर्यटकीय नगरी पोखराको हेमजामा आजदेखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको पक्षमा रहेको बताउनुभयो ।

उहाँले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिनुहुँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको छ, भन्नुभयो ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवम् कृषि औजारको प्रदर्शनी, कृषि सम्बन्धि विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम आयोजना हुनेछन ।

महोत्सवमा प्रतिकिलो ४० रुपैँयामा आलुको कारोवार भइरहेको छ भने करिव ८० टन आलु बिक्रीवितरण हुने आयोजकको अनुमान  छ।

हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये ५ सय हेक्टरमा आलु खेती गरिंदै आइएको छ । जसअन्तर्गत पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलुखेतीमा आवद्ध छन ।

कोरोना भाइसरका कारण  तीन वर्षसम्म रोकिएको महोत्सवलाई अघिल्लो वर्षदेखि क्लवले निरन्तरता दिएको हो ।

महोत्सव यही बैशाख ५ गतेसम्म चल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.