लुम्बिनीमा मुख्यमन्त्री र तीन विनाविभागीय मन्त्रीले लिए सपथ

दाङ- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले पद तथा गोपनियताको शपथ लिनु भएको छ । शनिबार नियुक्त हुनु भएका महराले आज प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

सपथपछि मुख्यमन्त्री महराले आजै ३ जनालाइ मन्त्री बनाएर सरकार विस्तार पनि गर्नु भएको छ । एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बन्नु भएको छ ।

तीन जना मन्त्रीले शपथ आजै प्रदेश प्रमुखवाट सपथ लिनु भयो । मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ ।

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.