बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ- तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका-१७ निवासी २३ बर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिनुभएके छ ।

मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका-११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भिर घाइते भएका छन ।

घोराही उपमहानगरपालिका-१७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.