रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाइन्छ: ओली

ताप्लेजुङ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोकिएका विकास निर्माणका काम अगाडी बढाइने बताउनु भएको छ ।

बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिजोका दिनमा विकास निर्माणका काम अघि नबढेको बताउँदै ती काम अब अगाडि बढाउने बताउनुभयो।

नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने ओलीको भनाई छ । अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने उहाँले बताउनु भयो ।

एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकाले देशलाई बरबादीमा जानबाट रोक्ने ओलीको दावी थियो ।

‘अब देश ओरालो लाग्ने क्रम रोकियो । अब देश ओरालो लाग्दैन। हिजो हामीलाई सरकारबाट हटाउने जुन तिकडम भयो, षडयन्त्र भयो, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो। त्यो रोकियो । अब देशमा राष्ट्रियतालाई बलियो बनाउँदै विकास र समृद्धिलाई गति दिइन्छु ‘ ओलीले भन्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.