नेपाल र मलेसियाबीचको खेल आज अपरान्ह ४:१५ बजे हुने

काठमाडौँ-  एसिसी प्रिमियर कप अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ ।

आजदेखि ओमानमा सुरू हुने एसिसी प्रिमियर कप प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि खेल सुरू हुने क्यानले जनाएको छ।

प्रतियोगितामा १० वटा टिमहरु सहभागी रहेका छन । समूह ‘ए’ मा रहेको नेपालसँगै मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

खेल टी-२० फर्म्याटमा हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.