टस हारेर मलेसिया विरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौँ- एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा भर्खरै भएको टसमा मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका छन् ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा छन् ।
त्यस्तै बेन्चमा प्रतिश जिसी, विवेक यादव र अनिल शाह छ्न ।
आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ ।।
प्रतिक्रिया राख्नुहोस्