एससीसी प्रियिमर कप क्रिकेटको पहिलो खेलमा मलेसिया नेपालसँग पाँच विकेटले पराजित

काठमाडौँ- सिसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । ओमनको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गराएको हो । टस जितेर सुरवाती ब्याटिङ गरेको मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले २८ रन बनाए भने ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए । यसैगरी दिपेन्द्रसिंह ऐरी २० रनमा आउट भए भने गुल्सन झा १९ र सन्दिप जोरा १२ रनमा नटआउट रहे ।

कुशल मल्लले ७ रन बनाए । यो जितसंगै जितसँगै नेपालले अंक तालिकामा २ अंक जोडेको छ। नेपाल विरुद्ध मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए । मोहम्मद वाफिक र पवनदीप सिंहले १/१ विकेट लिए । यसअघि मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रनको यगफल बनाएको थियो । मलेसियालाई सामान्य रनमै समेट्न दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै अविनाश बोहोराले १ विकेट लिए ।

मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । यस्तै शर्भिन मुनियान्डीले ४१ रन जोडे । प्रमियर कप अन्तरगत आजै नेपालकै समूहमा रहेका हङकङ र कुवेतबीच भएको खेलमा हङकङ २६ रनले विजयी भयो । यसैगरी प्रिमियर कपमा आजै भएका समूह बीको खेलमा बहराइनलाई ३ रनले हराउदै ओमान विजयी भयो भने अर्को खेलमा युएइले कुवेतलाई ७ विकेटले पराजित गर्यो । जारी प्रतियोगितामा अब नेपालले भोलि कतारसंग खेल्ने कार्यक्रम छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.