देशका धार्मिक तथा पर्यटकीय स्थलमा सर्वसाधरणको भीडभाड ( फोटो फिचर)

धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा पूजा आराधना गर्न आएका भक्तजनको भीड । यहाँ पूजा तथा दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । तस्बिरः प्रेमनारायण आचार्य÷रासस

 

पवित्र तीर्थस्थल देवघाटधाममा शनिबार स्नान गर्न आएका भक्तजनको घुइँचो । नयाँ वर्षको दिन आज देवघाटको वेणीमा स्नान गरि पुजापाठ गरि दान गर्नाले वर्षभरी पुन्य मिल्ने र रोगब्याधि नलाग्ने बिश्वास रहेको छ । तस्बिर :सनद अधिकारी / रासस

काठमाडौँको टोखा नगरपालिका -२ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि लामवद्ध भक्तजन तथा मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्दै अन्य भक्तजन ।

सिरहाको लहान नगरपालिका वडा नं १२ र २२ मा पर्ने ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा फुलेको सलहेस फूल । नयाँ वर्षको एक दिन मात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने भएकाले उक्त फूल हेर्न एवं मन्दिरमा पूजापाठ पर्यटकहरु यहाँ आउने गर्दछन् ।

नव वर्षको पहिलो दिन शनिबार बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका भक्तजन । तस्बिरः रामबहादुर थापा/रासस

नयाँ वर्षको पहिलो दिन आज शनिबार पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न आएका भक्तजन । तस्बिरः कृष्ण दवाडी÷रासस

नव वर्षको पहिलो दिन शनिबार बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका भक्तजन । तस्बिरः रामबहादुर थापा/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.