सुदूरपश्चिममा समाजवादीद्वारा लक्ष्मण किशोरलाई गरेको समर्थन फिर्ता

कैलाली- गठबन्धनका चार दलहरुबीच समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीले लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सत्ता गठबन्धनबीच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमती भएपछि समाजवादीले समर्थन फिर्ता लिएके हो । समाजवादीका नेता दीर्घ सोडारी आफै प्रदेश प्रुमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन ।

बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । काँग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेश गरेका थिए । समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब लक्ष्मणकिशोरसँग २५ जना प्रदेश सभा सदस्य बाँकी रहन्छन । तर उनकै पार्टीका ७ जना मध्ये २ जना उनलाई समर्थन नगर्ने पक्षमा छन ।

बैठकमा समाजवादीले समर्थन फिर्ता लिने निर्णय भएपछि, कुनै पनि दाबीकर्ताको स्पष्ट बहुमत नभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीका लागि थप समय दिनसक्छन । बैशाख २ गते नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । स्रोतका अुनसार कैलाशले पनि आफ्नो दाबी फिर्ता दिने सहमति भएको छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन ।

सरकार बनाउनका लागि २७ जनाको बहमुत आवश्यक पर्छ । समाजवादीसँग अब माओवादीका ११, एमालेका १०, आफ्ना ४, एक जना स्वतन्त्र र २ जना नागरिक उन्मुक्तिका भएपनि सरकार बनाउने सम्भावना बलियो बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.