कहाँ हराउँछन् सामूदायिक विद्यालयमा भर्ना भएका आधाभन्दा बढी विद्यार्थी ?

काठमाडौँ- सरकारले प्रत्येक वर्ष तामझामका साथ सामुदायीक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्छ । तर कक्षा १ मा जति विद्यार्थी भर्ना हुन्छन् । १० कक्षाको परिक्षा  दिंदा सम्म त्यसको आधा विद्यार्थी पनि रहँदैनन् । भर्ना अभियानका क्रममा विद्यालयको पँहुचमा विद्यार्थी पुगेपनि विचमै छोड्ने तथ्याङक भने डरलाग्दो देखिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार २०७१ सालमा देशभरका २८ हजार सामूदायिक विद्यालयमा १० लाख २८ हजार बढी बालबालिका विद्यालय भर्ना भएका थिए । २०८० सालमा पुग्दा विद्यार्थीको संख्या घटेर झण्डै ३ लाख ७५ हजारमा झरेको छ । यो अवधिमा ६ लाख ५३ हजार भन्दा बढी विद्यार्थी घटेका छन् । यो संख्या २०७१ मा भर्ना भएका विद्यार्थीको तुलनामा झण्डै ६३ प्रतिशत कम रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्मा बताउनु हुन्छ ।

आर्थिक अवस्था कमजोर भएका कारण आफ्ना छोराछोरीलाइ अभिभावकले दैनिक गुजारा चलाउन काममा पठाउनुपर्ने बाध्यता,  सानै उमेरमा पढाइ छाडेर बिहे गर्दिने, विद्यार्थीले पढ्नमा रुचि कम राख्नु, विद्यालयले विद्यार्थी खोज्न र टिकाउन ध्यान नदिनु लगायतका कारण विद्यालय छाड्ने प्रवृत्ति बढेको शिक्षाविद्को भनाइ छ । यसरी बीचमै विद्यालय छोड्नुमा  विद्यालय, विद्यार्थी र अभिभावक दोषी रहेको शिक्षाविद् डा सदानन्द कडेल बताउनुहुन्छ ।

नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जिसी  सामुदायीक विद्यालयबाट हराएको ६३ प्रतिशत विद्यार्थीहरु सवै विद्यालयको पहुँच  बाहिर पुगेको भनेर अर्थाउन नहुने बताउनु हुन्छ ।

‘’हराएका भनिएका कतिपय विद्यार्थीहरु  निजी स्कुलमा भर्ना भएका छन् । गुणस्तरीय शिक्षका लागि भन्दै  कतिपय अभिभावकहरु आफ्ना बालबालिकाहरुलाइ सामुदायीक विद्यालयबाट निकालेर निजी विद्यालयमा भर्ना गर्नु भएको छ । त्यसैले हारएका सवै नै विद्यार्थी विद्यालय बाहिर रहे वा ड्रपआउट  भनेर विश्लेषण गर्न मिल्दैन । अर्का तर्फ हराएका सवै विद्यार्थीहरु निजी विद्यलयमा पुगेका पनि छैनन्  । यसको केही प्रतिशत बालबालिका भने विद्यालयको पहुँच बाहिर पुगे । यो गंभिर समस्याको रुपमा देखियो । त्यी विद्यार्थीको खोजिका लागि गहिरो अध्यायन र अनुसन्धान हुनु आवश्यक छ ” जिसी भन्नु हुन्छ ।

सामुदायीक विद्यालयमा भर्ना भएका १०० जना विद्यार्थी विद्यार्थीमा ६३ जना विद्यार्थी सामुदायीक विद्यालयबाट बाहिरिने अवस्था सृजना हुनुमा राज्य नै मुख्य जिम्मेवार रहेको जिसीको बताउनु हुन्छ  । अभिभावक संघका अध्यक्ष जिसी अगाडी भन्नु हुन्छ ‘’मुख्य कुरा त सरकारले गर्ने भर्ना अभियान केवल भर्नाका लागि मात्र भयो । विद्यार्थीलाई सोही विद्यालयमा टिकाइ राख्न सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको अभिवृद्धि र निरन्तरको अनुगमन मुल्याङकनमा ध्यान दिएन ।  अभिभावक विद्यार्थीको आर्थिक, सामाजिक अवस्था पनि यसको अर्को कारण हो । अझै पनि हाम्रो देशको  १८ प्रतिशतबढी जनसंख्या निरपेक्ष गरिवीकै रेखामुनी छ”  ।

विद्यार्थीलाई विद्यालयमा टिकाउन सरकारले दिवाखाजा, छात्रावृत्ति, निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।तर पनि विद्यार्थी टिकाइ राख्ने चुनौति उस्तै छ । विद्यालय व्यवस्थापन, अभिभावक  र स्थानीय सरकार, शिक्षा इकाइ सबैले अनुसन्धान गरी विद्यालय छाड्नुपर्ने कारण पत्ता लगाएर समाधानको बाटो खोज्नुपर्ने सुझाव  शिक्षाविद्को छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.