सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

पुन: दाबी पेस गर्न प्रदेश प्रमुखद्धारा दुई दिनको समय

काठमाडौँ- सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गर्नुभएको छ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आईतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र सोहि दलका रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गर्नुभएको हो ।

मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दिर्घराज भट्टले जानकारी दिनुभयो । मुख्यमन्त्रीमा एउटै दलबाट दुई जनाको दाबी परेपछि मुख्यमन्त्रीले कानूनी परामर्श गर्नुभएको थियो । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.