उपलब्धि विहीन बन्दै मुख्यमन्त्री रोजगार कार्यक्रम

काठमाडौँ- वेरोजगार युवालाई रोजगारी दिने भन्दै कर्णाली प्रदेशले मुख्यमन्त्री रोजगार कार्यक्रम सुरु गरिएपनि कर्णालीबाट वर्षेनी हजारौं युवा रोजगारीका लागि विदेश भौतारिरहेका छन् ।

संघीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको सिको गर्दै आर्थिक वर्ष २०७५÷०७६ देखि नै यो कार्यक्रम सुरु गरिएको हो ।

प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेपछि युवाहरुले रोजगारी पाएको दाबी गर्छ । तर कर्णाली प्रदेशबाटै वर्षनी हजारों युवाहरु रोजगारीको खोजीमा विदेश भौतारिरहेका छन् । कर्णाली प्रदेशबाटै वर्षेनी युवाहरु छिमेकी मुलुक भारत लगायत खाडी मुलुकमा रोजगारीका लागि गैरहेका छन् ।

कर्णालीका युवा र न्यूनतम आय पनि गर्न नसक्ने परिवारका १८ देखि ५९ वर्ष उमेर समूहका महिला तथा पुरुषलाई लक्षित गरी सुरु गरिएको मुख्यमन्त्री रोजगार कार्यक्रमले प्रदेशभर रोजगारीको अवसर सिर्जना गरेको दाबी प्रदेश सरकारको छ । यसबाट पूर्वाधार निर्माणका काममा स्थानीय जनशक्ति परिचालन र गरिबी निवारणमा मदत गरेको सरकारले जनाएको छ ।

यो कार्यक्रमले विशेषगरी पुरुष ,एकल महिला, महिला, अपांग, वैदेशिक रोजगारी गुमाएका बेरोजगार व्यक्तिहरूको सहभागितालाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रममार्फत विपन्न परिवारबाट स्थानीय तहले छनोट गरेको श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ ज्याला पाउने गरी काममा लगाइने गरिएको छ ।

आर्थिक बर्ष ०७९।०८० मा झण्डै १७ हजार ५ सय श्रमिकले ८ लाख ४६ हजार दिन काम गरेका छन्, जुन औषतमा एक बेरोजगारले बर्षभरी ४८ दिन काम गरेको हो ।

कर्णाली प्रदेशका ७९ पालिकाका ७१८ वडामा कार्यक्रम लागु गरिएको छ । प्रदेशका १० जिल्ला मध्ये हुम्ला,  डोल्पा र मुगुका पालिकाका वडाह?मा प्रति वडा २० लाखको दरले बजेट रहने गर्छ भने अन्य ७ जिल्लामा प्रति वडा १५ लाखका दरले बजेट जाने गरेको छ ।

मुख्यमन्त्री रोजगार कार्यविधि २०७८ अनुसार योजना मागका लागि क्रमश वडा, पालिका, सामाजिक विकास कार्यालय हुँदै मुख्यमन्त्री संयोजक रहेको निर्देशक समितिमा पुग्ने गर्दछ ।

केही वर्षयता तीन वटै तहका सरकारले प्रधानमन्त्री, मुख्यमन्त्री, अध्यक्ष तथा नगरप्रमुख नामका रोजगार कार्यक्रम सञ्चालन गर्दै आएपनि प्रदेशमा वेरोजगारी समस्या भने समाधान हुन सकेको छैन । खासगरी प्रदेशमा भैरहेको राजनीतिक अस्थिरताले पनि यस्ता कार्यक्रमहरु प्रभावित हुने गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.