खाडी मुलुकहरु भारी वर्षा र बाढीको चपेटामा, दुबई र ओमनमा २० जनाको मृत्यु

काठमाडौं- खाडी मुलुकहरु भारी वर्षा र बाढीको चपेटामा परेका छन् । अचानक आएको घातक बाढीले विश्वको दोस्रो व्यस्त विमानस्थल दुबई विमानस्थल अस्तव्यस्त भएको छ । थुप्रै उडानहरु अवरुद्ध भएका छन् । भीषण बाढी र डुवानका कारण केही यात्रुहरुलाई नआउन भनिएको छ ।

असिना पानीसहितको भीषण वर्षाले आबुधावी विमानस्थलसहित केही शहरहरु डुबानमा परेका छन् । दुबई विमानस्थलले अकल्पनीय चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ । दुबईमा कार बाढीमा फसेपछि एक जनाको मृत्यु भएको छ ।

अर्को खाडी मुलुक ओमानमा भने आइतबारदेखि हालसम्म बाढीकै कारण १९ जनाको मृत्यु भइसकेको छ । बाढी र वर्षाका कारण हिजो मात्रै दुबई अन्तर्राष्ट्रिय विमानस्थलले २ सय ९० वटा उडान रद्द गरेको फ्लाइट अवोयर डाटाले जनाएको छ । साथै विपद्का कारण थप ४ सय ४० उडानहरु ढिलाई भएको तथ्यांकले देखाएको छ ।

प्रत्येक महाद्धिपमा उडानहरु संचालन गर्ने प्रमुख हबका रुपमा रहेको दुबई विमानस्थल पूर्ववत अवस्थामा संचालन हुन भने समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.