मुख्यमन्त्रीमा सत्ता गठबन्धनकै समर्थनमा एकीकृत समाजबादीका सोडारीको दाबी पेश

कैलाली- सुदूरपश्चिको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले दाबी पेस गर्नुभएको छ ।

सत्ता गठबन्धनका दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गर्नुभएको हो ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए । बुधबार एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको थियो ।

बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् । प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाले दाबी पेश गर्न  आज (बिहीबार) साँझ ५ बजेसम्मको समय दिएका थिए ।

मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने अन्तिम दिन बिहीवार एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा सोडारीकै नाममा सहमति जुटेपछि एमालेले पनि मुख्यमन्त्रीमा उनलाई सघाउने भएको हो।

प्रदेश प्रमुख नजिर मियाँले मङ्गलबार दुई दिने समयसीमा दिएर वैशाख ६ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न आह्वान गरेका थिए ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.