कर्मचारीमा त्रासको मनोविज्ञान हटाउनुपर्छ- मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्नेमा जोड दिनु भयो ।

गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उहाँले गल्ती नगर्नेहरु डराउन नपर्ने बताउनुभयो।

अहिले नेपालमा कर्मचारीको सेवा सुविधा न्यून नै रहेको उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक उन्नतिसँगै सेवा सुविधा पनि बढ्दै जाने भएकाले हरेक कर्मचारीले देश बनाउँछु र म पनि बन्छु भन्ने भावनाका साथ अघि बढ्नुपर्ने पनि सञ्चार मन्त्रीले बताउनु भयो।

सफा नियतका साथ काम गर्ने हो भने राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि क्षेत्रमा समस्या नआउने मन्त्री शर्माले स्पष्ट गर्नुभयो।

सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उहाँले डिजिटल नेपाल निर्माणको महत्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्‍याउन अनिवार्य रहेको बताउनुभयो।

नेपाल टेलिकमले उच्च प्रविधि र गुणस्तरीय सेवासहित को द्रुत गतिको इन्टरनेट सेवालाई आकर्षक बजार व्यवस्थापनका साथ अघि बढाउनुपर्ने मा मन्त्री शर्माले जोड दिनु भयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.