महावीर जयन्तीलाई प्रण र अठोट लिने अवसरका रूपमा लिनुपर्छः उपराष्ट्रपति

काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जैन धर्मावलम्बीहरूले हर्षोल्लासका साथ मनाउने महावीर जन्म जयन्तीको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।

जैन धर्मका २४औं तीर्थंकर बन्नुभएका महावीरले मानव जीवनका लागि अपरिहार्य र अनिवार्य ‘पञ्चशील’ को सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । उहाँले मोक्ष प्राप्त गर्न मानिसका लागि अहिंसा, अस्तेय, ब्रह्मचर्य, सत्य सिद्धान्तहरू दिनुभएको थियो ।

यी सबै सिद्धान्तलाई अक्षरशः पालना गर्न हामीले उहाँको जन्म जयन्तीलाई प्रण र अठोट लिने अवसरका रूपमा लिन सक्नु पर्ने उहाँले सन्देश मार्फत बताउनुभएको छ ।

यादवले सन्देशमा भगवान् महावीरले दिनुभएको जीवन–मार्ग–सूत्रहरूलाई पछ्याउँदै अघि बढ्न सके हामी सबै मानवताको सेवा गर्न सफल हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.