रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किंदा दुर्घटना, एक जनाको मृत्यु

दाङ- दाङमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर-७ बनघुस्री निवासी ४३ वर्षिय महेन्द्र गिरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

मंगलबार राति करिब ९ बजे तिर लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसंग पश्चिमबाट घरतर्फ जाँदै गरेको प्रदेश ३-०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किदा गिरीको मृत्यु भएको थियो ।

उपचारको लागी लमही अस्पताल लगिएको तर चिकित्सकले मृत घोषणा गरेका थिए । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.