बारपाकमा भूकम्प स्मृति दिवस मनाइयो

गोरखा-  वि सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान तथा सम्झनामा गाउँपालिका भरी सार्वजनिक विदादिएको थियो । भूकम्पको केन्द्र विन्दु वारपाकमा भूकम्पमा भूकम्प स्मृति दिवस मनाइएको हो ।

२०७२ वैशाख १२ गते शनिबार ११.५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्पगएको थियो । भूकम्पका कारण १४ सय घर धुरीको गुजुमुज्ज वस्ती रहेको वारपाक ध्वस्त वनेको थियो । भूकम्प गएको ९ वर्षको अवधिमा वारपाकका अधिकांश संरचना पुननिर्माण भएका छन् । स्वास्थ्य चौकि, वडा कार्यालय, विद्यालयपुननिर्माण भएको छ ।

वारपाक सुलिकोट गाउँपालिका भरी ७ हजार भन्दा वढी घर पुननिर्माण भइसकेको वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । स्मृति दिवसको अवसरमा वुधबार साँझ दिप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.