कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा शपथ

सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका वीच प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

सांसद रणसिंह सत्तागठबन्धन नेकपा माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री बन्नु भएको छ । आजै मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादी (केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका सांसद रणसिंहलाई मन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

रणसिंह हुम्ला प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद हुनुहुन्छ । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका कँडेल सत्तागठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एमाले वीच भागबण्डा नमिल्दा अझैपनि सरकारलाई पूर्णता दिन सकिरहनु भएको छैनन् । यद्यपि ! भोली मुख्यमन्त्री कँडेलले संसदबाट विश्वासको मत लिने कार्यक्रम तय गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.