गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

गुल्मी- गुल्मीमा गएराति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

दुर्घटनामा गुल्मीदरबार-४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन् । गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५ प ५४८४ नं.को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पोखरेलले बताउनुभयो । अर्का घाइते सुर्यवंशीको पाल्पामा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.