आगो नियन्त्रण गर्ने क्रममा जलेर एकजनाको मृत्यु, दुई जना घाइते

बागलुङ- बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ सिलगुमस्थित वनक्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्ने क्रममा एक जनाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहान देखि फैलिएको आगो वन क्षेत्रबाट बस्तितर्फ फैलिँदै गर्दा आगो नियन्त्रणमा लिन गएका तमानखोला गाउँपालिका-२ सिलगुमका ४८ बर्षिय देबसिंह कामीको आगो नियन्त्रण गर्ने क्रममा घर नजिकैको वनमा आगोबाट जलेर ज्यान गएको हो ।

त्यस्तै आगलागी नियन्त्रण गर्ने क्रममा सिलगुमकै ३१ बर्षिय ज्ञान बहादुर बुढा र सोही थाउँकै ३३ बर्षिय प्रेम बहादुर घर्ति मगर घाईते हुनुभएको छ । घाईते दुबै जनाको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको अनुहार, खुट्टा, र शरीरको विभिन्न भागमा आगोले पोलेको पाइएको छ ।

सोही आगलागीबाट तमानखोला गाउँपालिका-२ र ढोरपाटन नगरपालिका-३ का विभिन्न बस्तिमा आगलागी फैलिएको छ । आगोले सिलगुमका राम बहादुर कार्कीको ढुँगा माटोले बनेको दुई तले घर र गोठ पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

घरगोठ जल्दा अन्नपात, लत्ता कपडासँगै घरमा राखिएका सम्पूर्ण सामान जलेर नष्ट हुनुका साथै दुई वटा बाख्रा जलेर मरेका छन् ।

त्यस्तै सोही ठाउँका सुर्य बहादुर सिर्पालीको ढुँगा माटोले बनेको दुई तले घर र गोठ जलेर नस्ट भएको छ । घर जल्दा खाध्यान्ह, लत्ता कपडा लगाएतका सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ ।

त्यसैगरी सोही आगलागीबाट ढोरपाटन नगरपालिका-३ गुजा गाउँमा खगेन्द्र बिकको घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । सोही ठाउँका ढाल बहादुर पुनको दुई तले ढुँगा माटोले बनेको घर जलेको छ ।

सोही ठाउँकै बल बहादुर घर्तिको एक तले कच्चि घर जलेर नष्ट भएको हो । घर गोठ जल्दा पिडित सबैको खाध्यान्ह, लत्ता कपडा, भाँडा कुँडा लगाएत घरमा राखिएका सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रह्री कार्यालय बुर्तिबाङले जनाएको छ ।

प्रहरी निरीक्षक राजकुमार बिक सहितको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरेको हो । स्थानीय, जनप्रतिनिधी, प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.