वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित
कप्तान रोहित पौडेलको शतक
काठमाडौँ- टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलको शतक पुरा गरे । २ सय ५ रनको लक्ष्य पाएको नेपालले २ वल बाकी रहँदै ६ विकेटकोक्षतिमा उक्त लक्ष्य भेटेको हो ।
नेपालका लागि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाए। उनले ६ छक्का र १० चौका प्रहार गर्दै ११२ रन बनाएका हुन । दिपेन्द्रसिंह ऐरी २४, कुशल भुर्तेल १६, कुशल मल्ल १६, अनिल शाहले ५ रन बनाए । गुल्सन झा नटआउट ९ रन र प्रतिस जिसीले नटआउट ५ रन बनाए ।
प्रतिक्रिया राख्नुहोस्