इलाममा काँग्रेस उम्मेदवार खड्काको अग्रता कायमै

काठमाडौँ- इलाम- २ मा शनिवार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिनुभएको छ । खड्काले फाकफोक थुम गाउँपलिका केन्द्रमा रहेको ब्यालेटबक्समा रहेको मतपत्र गन्दा खड्काले १६४३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरी नेपालीका कांग्रेसका उम्मेदवार खड्कालाई पछ्याइरहनुभएको छ । पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ४३७ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्रका मिलन लिम्बुले ३०५ मत प्राप्त गर्नुभएको छ ।

फाकफोक थुम गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको हो । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही १२ बजेबाट मत गणना सुरु भएको हो ।

इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार ४ सय २१ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.