इलाम र बझाङ दुबैमा एमालेका उम्मेदवारको अग्रता कायमै

काठमाडौँ- इलाम  र बझाङमा भएको उपनिर्वाचनको जारी मतगणना एमालेका उम्मेदवारले अग्रता कामय गर्नु भएको छ। इलामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले फाकफोक थुम गाउँपालिका सवै वडाहरुको मतगणना सकिदा १ हजार बढी मतान्तरले काँग्रेसका उम्मेदवारलाई पछि पर्नु भएको छ।

एमाले उम्मेदवार नेम्वाङले ४ हजार ४९ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार १६० मत पाउनु भएको छ। यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले  ७०३ मत र रास्वपाका मिलन लिम्बु ५३४ मत पाउनु भएको छ ।

यस्तै यता बझाङमा प्रदेश सभाको उपनिर्वाचनमा पनि एमाले उम्मेदवार दमन बहादुर भण्डारीले आग्रता लिनु भएको छ । उहाँलाई नेपाली काँग्रेसका उम्मेदवारले पछ्याइ रहनु भएको छ।

भण्डारीले ३ हजार ४९७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२०, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाउनु भएको छ।  दुवै मतगणना स्थलमा अहिले पनि मतगणना जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.