सडक खोलिएको लामो समयपछि धादिङका दुई ठाउँमा बेलि ब्रीज निर्माण

धादिङ- सडक खोलिएको निकै लामो समय पछि उत्तरी धादिङको खनीयावास र नेत्रावती डब्जङ्गको सिमानामा पर्ने किन्ताङ्ग खोलामा बेलि ब्रिज जडान गरी सञ्चालनमा ल्याईएको छ । यसैगरी खनियावास गाउँपालिकाकै लिङ्ग-लिङ्ग ग्यापमा पनि यस्तै बेलि ब्रिज जडान गरी सुचारु गरिएको हो ।

यी दुबै खोलाहरुमा मोटएवल बेलि ब्रीज जडानभएसँगै उत्तरी धादिङले विकासमा फड्को मारेको भन्दै स्थानीय निकै खुसी भएका छन् । अब हरेक सिजनमा सवारी साधन गुड्न सक्ने भयो, विरामी पर्दा र सामान्य अवस्थामा पनी सदरमुकामलगायत गाउँ ठाँउमा आवतजावतमा पनी निकै सहज हुने भयो भन्दै स्थानीय खुशी व्यक्त गर्छन् ।

सो पुल सञ्चालनमा आएसँगै उत्तरी धादिङको चारवटा स्थानीय तहका जनताहरुलाई निकै सुविधा पुग्नुका साथै समग्र उत्तरी धादिङको विकासमा ठूलो टेवा पुग्ने विश्वास रहेको धादिङ क्षेत्र नम्वर-२ का प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीको भनाई छ ।

यससगै अब हरेक सिजनमा सवारीका साधनहरु आवतजावत गर्न सक्ने भएकोले उत्तरी क्षेत्रमा उत्पादन भएका कृषि उपज विक्रिका लागी धादिङको सदरमुकामसम्म ल्याउन र दैनिक उपभोग्य बस्तुहरु ओसार पसारमा समेत सहजता आउने विश्वास सो क्षेत्रका जनप्रतिनिधिहरुको छ ।

बेलि ब्रीज नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्रि ए र थ्रि बि को स्वामित्वमा रहेको बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको हो । पुल निर्माणमा नेपाली सेनाको १४ बाहिनी अन्तर्गत व्रिजिङ यूनिटका ३५ जना दक्ष प्रविधिकहरुले काम गरिरहेका छन् ।

चाईनिज हाईव्रिड मेटालिक वेलिब्रिज भएकोले यो सञ्चालनमा आएको प्रत्येक वर्ष सर्भिसिङ्ग समेत गर्नु पर्ने प्राविधिकहरुको सुझाव छ । जस्ले गर्दा पुलको आयु बड्ने र लामोसमयसम्म यसको प्रयोग गर्न सकिने छ ।

उक्त पुलको प्रधान सेनापती प्रभुराम शर्मा र धादिङ प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर-२ का सदस्य रामनाथ अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

४३ मिटर लम्वाई र चार दशमलव दुई मिटर चौडा रहेको सो बेलीब्रिज जडानका लागी खनीयावास, नेत्रवती र गांगा जमुना गाउँपालीकाले करिव एक करोड रुपैयाँ रकम खर्चेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.