गुल्मीदरबारमा आगोलागीमा एउटा मोटरसाइलसँगै आधा दर्जन घर गोठ जले

गुल्मी- गुल्मीमा आगोलागीले तीन वटा घर र तीन वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गुल्मीदरबार गाउँपालिका वडानम्बर-५ डाँडापोखरीस्थित निजि खरबारी तथा जंगलमा लागेको आगोले रविन ढकालको ढुङ्गा माटोले बनेको टिनले छाएको ३ तले घर र २ तले गोठ जलेर नष्ट भएको हो । त्यस्तै रिता ढकालको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले गोठमा आगलागी भई जलेर नष्ट भएको छ ।

गाउँपालिकाको वडानम्बर–७ ढुङ्गेदेउरालीमा स्थानियको निजी खरबारी तथा जंगलमा लागेको आगो बस्तिमा फैलिन गई पुतली कार्कीको २ तलेको घरको तल्लो तलाको एउटा कोठामा आंशिक क्षति पुगेको छ भने बाख्राको खोर पुर्णरुपमा जलेर नष्ट भएको छ ।

त्यस्तै नरेन्द्र शर्मा ज्ञवालीको २ तले घरको माथिल्लो तलाको एउटा कोठामा आंशिक क्षति भएको छ भने वासिङ् मेसिन र मोटरसाइकल पुर्णरुपमा जलेर नष्ट भएको छ ।

एउटा खाली गोठ जली पुर्णरुपमा क्षति भएको छ । बजारमारे हर्रारुख बस्ने सुभाष खत्रीको गोठ र गोठमा रहेको १ भैसी, ३ बाख्रा जलेर नष्ट भएका छन् । लुरी कुमारी बस्नेतको २ तले गोठ र गोठमा केही पशुपंक्षि पनि जलेर नष्ट भएका छन् ।

लक्ष्मी बस्नेतको २ तले खाली गोठ जलेर पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ भने जंगलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.