भारतिय सेनामा भर्ना हुने सपना टुटेपछि कफिको अभियान्ता बनेका ठाकुर

पाल्पा- झण्डै साढे दुई दशक अगाडि स्याङ्ग्जाको चापकोटमा जन्मिएका प्रेमसिंह ठाकुरको सानो उमेर देखि नै भारतिय सेनामा भर्ना हुने रहर थियो तर विडम्वना उनलाई प्रकृतिले नै ठगेपछि सेनामा भर्ना हुने रहर मेटियो ।


सेनामा भर्ना हुदा आवश्यक उचाई नै पुरा नभएपछि सेनामा जागीर खाने रहर पनि मेटिएको उनी बताउछन् । यतिखेर उनी पुर्वी पाल्पाको मुख्य व्यापारीक केन्द्र रामपुर नजिकै कफीको अभियान्ता मात्र बनेका छैनन सफल व्यापारीक उद्यमी समेत बनेका छन् । भविश्यमा कफीको अभियान्ता बनुलाँ भने कल्पना समेत नगरेको उनको भनाई रहेको छ ।

भारतिय सेनामा जागीर खान नपाए पछि पठन पाठनमा समेत उनको रुची कम हुदै गएकाले उनी वैदेशीक रोजगारी क्रममा कोरीया जाने रहर पलाउदै गयो । आफना दौतरीहरुले कोरीया जानको लागि राहदानी बनाएर भाषा शिक्षा अध्यन गरेको देख्दा आफने मन थामिन नसकेको ठकुरी बताउछन १९ वर्ष कै उमेरमा कोरीया पुगेको सपना देख्न लागियो ।


भारतिय सेनामा जागिरे आफना बाबुको रहर भने छोरोलाई पढाएर सरकारी जागीर गराउने रहर थियो । बाबुको इच्छालाई समेत चटक्कै छाडेर बुटबलको बजारमा कार्यालय भएका कम्पनी मार्फत कोरिया जाने तयारी नै गरेका ठकुरी विद्यार्थी भिषामा पो कोरीया पुगेछन । त्यती खेर भाषाको राम्रो ज्ञान नहुदा राम्रो संग ठगिएछन । पहिला प्रकृतिले नै ठग्यो त्यसपछिका दिनमा मेन पावर कम्पनीले ठग्यो । कोरीया पुगेपछि टेक्साइल कम्पनीमा काम त पाइयो तर दिन र रात नभनी काम गरि रहनु प¥यो । कठोर रुपमा काम गर्दा वधुवा मजदुर जस्तो हुनु प¥यो । राहदानी साहुले राख्यो भने जति तलब पनि नदिने जस्ता धेरै समस्याहरु भोग्नु प¥यो । अन्ततह हामीले पेशागत सुरक्षाका लागि मजदुरहरुको आन्दोलन नै गर्नु प¥यो । मजदुर आन्दोलन पछि हामीलाई राहत नै भयो । जसो तसो तिन वर्ष काटियो पछिल्ला दिनहरुमा समय बितेको पत्तै भएन । भिषाको अवधि पनि सकियो
घर त फर्कियो तर घरमा काम केही पनि भएन । कोरीया कै सपनाले बेला बेलामा झस्काउन लाग्यो सन २०११को समयमा पुन भाषा शिक्षाको परिक्षा दिए । त्यती बेला धेरै व्यवस्थित भएको रहेछ पहिला भन्दा पछिल्लो समयमा जान्ने बुभ्mने भएकाले समस्या भएन ।
पछिल्लो पटक कामदारका रुपमा कोरीया पुग्यौं त्यहा हामीले काम गर्ने पसलमा गुल्मीमा उत्पादन भएको कफी भेटियो । त्यसैले नै मेरो मनै मोडिदियो । मेरो आफनै घर आँगनमा लटरम्म दाना लागेका कफीका बोटहरुको संझना आयो ।कोरीयाको बसाइ सकेपछि त्यस पछि कोरीया बस्न मनै लागेन । मेरो ध्यान कफीको बोट तर्फ लाग्यो गाउमा बसेर कफीको बिस्तार तर्फ लागे । यसो गर्दा घर परिवार आफन्त तथा छिमेकीको आलोचनाको पात्र मात्र बन्न पुगे । गाउमा फलेका कफीका दाना खरिद गरेर त्यसलाई प्रशोधन गरी प्याकेजीङ गरी झोलामा बोकेर वालिड्ड, पुलती बजारका सबै पसल पसल आफु पुगेको अनुभवहरु उनले धेरै बटुलेकाछन । हाम्रो मुलुकमा अर्गानीक बस्तु खोज्न र खानेको सख्या अत्यन्तै कम हुदो रहेछ । कफी भन्दा साथ विदेशी उत्पादन मात्र बुभ्mने गलत मानसिकता हुदो रहेछ हाम्री नेपालीहरुको । यो विषयमा बुझाउन नसक्नु फेरी हाम्रो पनि कमजोरी हो । विदेशमा हाम्रो उत्पादन खोज्दा रहेछन हामी भने विदेशी उत्पादन प्रवद्धन गर्न तर्फ लाग्यौ । सरकारले जति चिया उत्पादनमा लागनी गरेको छ त्यसको १० प्रतिशत पनि कफीमा लगानी गरेको भए आज पैसा कोरीयामा होइन खोरीयामा हुदोरहेछ उनी बताउछन् ।
स्याङजाको बसाईलाई त्यतीकै राखेर पुर्णरुपमा व्यवसायिक बन्ने सपना राखेर रामपुर झरेका प्रेम बहादुर ठकुरी भन्दछन रामपुरका जनतालाई कफी भन्ने के हो ? भन्ने बुझाए र ग्राहकको अगाडि कसरी प्रशोधन गर्ने , खेतिको प्रविधी सम्म सिकाए । पछि बल्ल तालिमको अवसर आयो २०७८ सालमा घरेलु कार्यालयमा हाम्रो कफी नामको फर्म दर्ता समेत भयो । लुम्बिनी प्रदेश सरकारको इतिहासमा आफनो फर्म पहिलो भएको उनी दावी गर्दै आएका ठकुरीले कृषकलाई प्रवद्र्धन गर्ने उदेस्यले गत वर्ष १ हजार कफीका विरुवा निशुक्ल वितरण गरेका थिए । यति खेर आफनो जन्म गाउमा झण्डै ३ सय कृषकले उत्पादन गरेको कफी उचित मुल्यमा खरिद गर्ने गरेको र यसरी आफु संग धेरैले रोजगारी पाएको र गतवर्ष १० लाख रुपैयाको कारोवार गरेको उनी बताउछन । २ वटा बाल बच्चाका बाबु बनि सकेका ठकुरी भन्दछन् । कफी खेतिको लागि पहाडी भु वनोट अत्यन्तै उपयोगी रहेको छ । यसलाई तिन वटा तहका सरकारले उपयोग गरेको खण्डमा विदेशी मुद्राको आर्जन गर्ने बलियो माध्यम बन्ने थियो विडम्वना सरकारमा पुगेका व्यक्तिले नै स्वदेशी उत्पादनलाई भन्दा विदेशी उत्पादनलाई बढि महत्व दिदा समस्या भएको उनी बताउछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.