नेपाल पत्रकार महासंघ एनटिभी शाखा सम्मानित

काठमाडौँ- नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन शाखालाई महासंघको केन्द्रीय समितिले सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा नेपाल टेलिभिजनको शाखालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान तथा प्रशंसा-पत्र प्रदान गर्नुभएको हो।

सो प्रशंसा-पत्र नेपाल टेलिभिजन शाखाका अध्यक्ष दीपकजंग हमाललाई प्रदान गरिएको हो ।

शाखाले महासंघको संस्थागत विकास र नेपाली पत्रकारिता क्षेत्र तथा श्रमजीवी पत्रकारहरुको हित प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख छ ।

आगामी दिनमा पनि शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सकारात्मक र रचनात्मक योगदान गर्ने अपेक्षा महासंघको केन्द्रीय समितिले गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.