बेमौसमी रायो साग खेतीमा रामेछापका कृषकको आकर्षण

दोलखा- भीमेश्वर नगरपालिका-७ मकैवारिका किसानहरूले गरेको बेमौसमी रायो साग खेतीबाट करोडौँ आम्दानी गर्न सफल भएका छन् । अरू तरकारीभन्दा बेमौसमी रायो साग खेतीमा करोडौँको आम्दानी भएकाले किसान यसप्रति बढी आकर्षित भएका हुन् ।

बेमौसमको रायोको साग प्रतिकिलो ६० रुपियाँमा बिक्री हुने गरेको छ । करिब तीन महिनाको अवधिमा सागबाट मात्र पाँच लाख रुपियाँको बिक्री भएको स्थानीय व्यापारीको भनाई छ ।

दुई रोपनीमा गरेको रायो खेती अहिले नौ रोपनीमा गरिएको स्थानीय कृषक कल्पना राउतले बताउनुभयो । साग मात्र पाँच लाखको बिक्री भइसकेको उहाँको भनाई छ ।

दोलखाको मकैबारीबाट हरेक दिन ५ देखी ६ ट्रक साग काठमाडौको कालामाटी जाने गरेको छ । बेमौसमीको भएकाले महँगोमा बिक्री भइरहेकाले आम्दानी राम्रो भइरहेको स्थानीय कृषकहरुको भनाई छ ।

यस स्थानमा २ सय घरधुरीले रायोको साग खेती गरेका छन भने हजार भन्दा बढी युवायुवतीले रोजगारी समेत पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.