पोखरामा दुई जना बालकको डुबेर मृत्यु

कास्की- पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन दुई जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी दुई छुट्टाछुट्टै घटनामा ती बालकले ज्यान गुमाएका हुन् ।

पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्नेक्रममा स्याङ्जा स्थायी घर भई हाल पोखरा ५, मालेपाटन निवासी वर्ष १४ का सोनम सुवेदीको ज्यान गएको हो । उनी १५ वर्षीय साथी सञ्जय कार्कीसँगै पौडी खेल्न त्यहाँ पुगेका थिए ।

आइतबार दिउँसो सोनम डुबेको थाहा पाएपछि उद्धारका लागि खटिएको प्रहरी टोलीले उनलाई दिउँसो साढे २ बजे मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो । पारिवारिक स्रोतका अनुसार सोनमले भर्खरैमात्रै अमरसिंह माविबाट एसइई परीक्षा दिई बसेका थिए ।

उता, पोखरा १७, पावरहाउस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १६ वर्षीय सुप्रिम पौडेलको मृत्यु भएको छ । जनप्रिय मावि कक्षा १० अध्ययनरत उनी पोखरा नागढुंगा निवासी हुन् । सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको विशेष विपद् उद्धार तथा गोताखोर टोलीले युवकको उद्धार गरेको थियो ।

दुवै शव हाल गण्डकी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.