अशोक राई नेतृत्वको नयाँ दललाई आयोगले दियो राजनीतिक दल दर्ता प्रमाणपत्र

काठमाडौँ- निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको दललाई आयोगले आज दल दर्ताको प्रमाण पत्र दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगम दल दर्ता गर्ने  गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले दिएको प्रमाण पत्रमा उल्लेख गरेको छ ।

जसपाको राजनीतिक दल दर्ता नम्बर १९८ रहेको छ । राजनीतिक दलको केन्द्रीय कार्यालयको ठेगाना काठमाडौँ राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.