बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता हुँदैन: एकीकृत समाजवादी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा र हल्लाहरु गलत रहेको भन्दै त्यस्ता भ्रमहरुमा नपर्न सवैलाई अनुरोध गरेको छ ।

बैठकमा सवै सांसदहरुको उपस्थीति रहेको र पार्टी संसदीय दल एकतावद्ध रहेको निष्कर्ष रहेको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिनुभयो । पार्टीको विवादका बारेमा चलाइएका हल्लाहरु नियोजित रहेको उहाले बताउनुभयो । बैठकमा सांसदहरुले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रमुख सचेतक चौधरीले बजेट अधिवेशनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नहुने र त्यसपछि पुन बैठक बसेर आवश्यक निर्णय लिइने जिकिर गर्नुभयो । संसदीय दलको बैठकले सरकारले ल्याउने नीति कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने निर्णय गर्दै आगामी अधिवेशनमा जनसरोकारका बिषयहरु शसक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको चौधरीले बताउनुभयो ।

उहाले अहिलेको अवस्थामा दलहरु बिभाजन हुनुले राष्ट्रियतालाई नै कमजोर पार्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.